भारतीय क्वारेन्टाइनमा रहेकालाई भेटेकाले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

भारतीय क्वारेन्टाइनमा रहेकालाई भेटेकाले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

२७ चैत, काठमाडौँ । गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई विहिबार निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिक क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

सीमाबाट आवतजावतलाई थप कडाइ गर्न पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.