राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

८ बैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार साँझ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.