१० वैशाख, काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरूद्ध रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलको बैठक डाकेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक केशीबेरमा बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
कोरोनाभाइरस संक्रमण महामारीका बेला सरकारले अध्यादेश ल्याएको भन्दै असंतुष्ट प्रतिपक्षी दलका नेताहरू छलफलमा जुट्न लागेका हुन् ।
छलफलका लागि राष्ट्रिय जनता पार्टी राजपा, समाजवादी पार्टी नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतृत्वलाई खबर गरिएको कांग्रेसले जनाएको छ ।