जनता समाजवादी पार्टी आज दल दर्ताका लागि निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टी आज दल दर्ताका लागि निर्वाचन आयोग जाने

११ वैशाख, काठमाडौँ ।
दल दर्ताका लागि बिहीबार जनता समाजवादी पार्टी निर्वाचन आयोग जाने भएको छ ।

बुधबार अबेर राति  राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबिच पार्टी एकताको सहमति भएको थियो । नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको हो ।

पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भए अनुसार बिहीबार दल दर्ताका लागि जाने तयारी भएको हो ।

नेता केशव झाले भिडभाड नहुने गरी दल दर्ताका लागि जाने तयारी भएको र त्यसका लागि आयुक्तहरुसँग परामर्श गरेको बताएका छन् । सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन् ।

दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद रहेका छन् । समाजवादीका कम्तिमा सातजना सांसदले एक–दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.