११ वैशाख, काठमाडौँ ।
पार्टी एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी दुई दलबीच एकता भएको हो । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।
नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए । लकडाउनका कारण कर्मचारीहरु आउन ढिलाइ भएका कारण उनीहरुको पनि प्रतिक्षा भइरहेको नेताहरुको भनाइ छ ।