प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार

प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार

११ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन तयार भएको बताएका छन् ।

बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो । प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.