विवादित अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई कांग्रेसले गर्यो स्वागत

विवादित अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई कांग्रेसले गर्यो स्वागत

१२ वैशाख, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित दुई अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको बताएका छन् । अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताउँदै उनले अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा देश रहेको बताएका छन् ।

उनले अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘पहिले नागरिकको जीवन जोगाऔँ, फुर्सदमा राजनैतिक विवाद गरौँला’, शर्माले ट्विटरमा लेखेका छन् ।

चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार आजको बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको  हो। सोमबार सरकारले जारी गरेका अध्यादेशविरुद्ध सत्तारुढ नेकपाभित्रै बहुमत संख्या उभिएपछि र प्रमुख प्रतिपक्षी दल लगायत साना दलले पनि त्यसको विरोध जनाएपछि प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.