हवाई उडान थप १५ दिन बन्द, जेठ २ सम्म नउड्ने

हवाई उडान थप १५ दिन बन्द, जेठ २ सम्म नउड्ने

१३ वैशाख, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड—१९) संक्रमण रोकथामतथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिनबन्दगर्ने निर्णय गरेको छ ।

शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ सम्म बन्दगर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्दथिए ।

समन्वय समितिले उडानहरु बन्दगर्ने निर्णय गरेपनि लक डाउनको विषयमाभने केही निर्णय नगरेको प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालयका सचिवनारायण प्रसाद विडारीले बताए । लक डाउनको प्रभाव र कोरोना रोकथामतथा नियन्त्रणका लागिअहिलेसम्मभएकाप्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वाखुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए ।

लक डाउनको विषयमामन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले बताए ।  प्रदेशहरुलाई समन्वयगर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्मभएकाकामहरुको समिक्षाभएको छ । लक डाउनको प्रभावकारिता, कार्य सफलताकाविषयमा समिक्षाभएको सचिव विडारीले बताए ।

सचिव विडारीले अहिलेको अवस्थामाऔषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए । स्वास्थ्य सामग्रीचाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.