१६ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपटि सीले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने बचन दिएका छन् ।
टेलिफोनमा कुरा गर्दै सीले कोरोनाविरुद्धको लडाइँमा चीन नेपालको समर्थमै रहेको बताएका हुन् ।
सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी थिइन् भने सीले निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए ।