पाकिस्तानी क्रिकेटर उमर अकमललाई पीसीबीले लगायो तीन वर्ष प्रतिबन्ध

पाकिस्तानी क्रिकेटर उमर अकमललाई पीसीबीले लगायो तीन वर्ष प्रतिबन्ध

१६ बैशाख, एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् ।

उनले एक सय २१ एकदिवसीय तथा ८४ वटा टी–२० खेलेका छन् । उनले पछिल्लो समय सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट खेलेका थिए ।यो सिजनको पाकिस्तानी सुपर लिग

(पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.