सरकारी वकिल कार्यालय अगाडि बाबुराम भट्टराई विरुद्ध नाराबाजी

सरकारी वकिल कार्यालय अगाडि बाबुराम भट्टराई विरुद्ध नाराबाजी

१६ बैशाख, काठमाडौँ ।
सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठनका नेताहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध नाराबाजी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जथाभावि अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूका नेताहरुले भट्टराई विरुद्ध नाराबाजी गरेका हुन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक रेडियो अन्तरवार्तामा जथाभावि अभिव्यक्ति दिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । रेडियो कार्यक्रममा मानमर्दन गरेको, अमर्यादित शब्द प्रयोग गरेको भन्दै भट्टराई विरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगेका नेताहरुले नाराबाजी गरेका हुन् । अनेरास्ववियु संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेलपनि नाराबाजीमा सहभागि थिए ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु डा. भट्टराई, हिसिला यमि र आङ्काजी शेर्पाविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न सरकारी वलिकको कार्यालय पुगेका थिए । सरकारी वकिल कार्यालय अगाडी नै समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पनि नाराबाजी गरेका छन् ।

पार्टीका सांसद ढा. सुरेन्द्र यादवलाई अपरहण गरेको भन्द्ये पूर्व आइजीपीसहित बहालबाला सांसद विरुद्ध सरकारी वलिक कार्यालय जाहेरी लिन अस्वीकार गरेपछि उनीहरुले नाराबाजी गरेका हुन् । समाजवादी पार्टीका नेताहरु पूर्वआइजीपी सर्वेन्द्र खनाल र सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ विरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.