कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने

१७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ ।
सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेको कदम, राहत वितरणलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

बैठकमा संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ । कांग्रेसका पूर्वअर्थमन्त्री र अर्थ्विद्हरुले कोरोनापछि देशको समग्र अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्नेबारे दिएका सुझावका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

गत सोमबार मात्र कांग्रेससहितका तीन वटा विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.