बुधबार बिहानै हेटौंडामा नारबाजी र प्रदर्शन

बुधबार बिहानै हेटौंडामा नारबाजी र प्रदर्शन

१७ वैशाख, मकवानपुर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बुधबार बिहानै सरकारको विरोधमा हेटौंडामा नारबाजी र प्रदर्शन गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि देशमा जारी लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै विद्यार्थीहरुले हेटौंडामा प्रदर्शन गरेको हुन् । नेविसंघ केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौंडा–२ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली हेटौंडाको बुद्धचोकमा पुगेर टुंगिएको थियो ।

बुद्धचोकमा विद्यार्थीहरुले सरकार विरोधी प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको छ । यस्तो अवस्थामा हामीले खबरदारी गर्नुको विकल्प छैन । देशमा भ्रष्टाचार र महंगी बढेको छ । सांसद् र पूर्वप्रहरी प्रमुख नै सांसद् अपहरणमा संलग्न हुन थालेका छन् ।

यसको विरोध स्वरुप हामीले प्रदर्शन गरेका हौं ।’, नेविसंघ महामन्त्री दाहालले लकडाउनको अवधिमा दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुलाई बाँच्नै समस्या हुन थालेको भन्दै तत्काल यसतर्फ सरकारले ध्यानदिन जरुरी रहेको औंल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.