सत्ता परिर्वतनमा लागेका प्रचण्ड-नेपाल एजेन्डा बनाउँदै

सत्ता परिर्वतनमा लागेका प्रचण्ड-नेपाल एजेन्डा बनाउँदै

१९ बैशाख, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष दाहाल नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका हुन् ।

नेता नेपालका सहयोगी मोहन गौतमले शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषय वस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताए । बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.