एफए कपको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी

एफए कपको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी

२१ बैशाख, एजेन्सी । एफए कपको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ ।

अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच वा ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ । यो सिजनको अन्तिम खेलका रुपमा एफए कपको फाइनल हुनेछ ।

एफएका प्रमुख कार्यकारी मार्क बलिङघमले यदि यो सिजन सुरु नभएको खण्डमा एक सय मिलियन पाउण्ड गुमाउने पक्का भएको बताएका छन् ।

आर्थिक समस्याका कारण इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले एक वर्षको एक मिलियन पाउण्ड तलब कटौति गरिसकेका छन् । यस्तै पदाधिकारीले पनि १५ प्रतिशत तलब नलिने घोषणा गरिसकेका छन् ।

एफए कपका सात वटा खेल खेल्न बाँकी रहेको छ । अहिले क्वार्टरफाइनल चरणमा रहेको एफए कपका बाँकी सबै खेल वेम्ब्ले रंगशालामा खेलाउने तयारी भइरहेको छ ।

प्रतियोगिताको क्वार्टरफाइनलमा लेस्टर र चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी, सेफिल्ड र आर्सनल तथा नर्विच र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.