राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आव्हान

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आव्हान

२१ बैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा ९१०बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो ।

आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको थियो । संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.