२८ वैशाख, काठमाडौँ ।
संसदीय समितिले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था थता सुशासन समितिमा भारतले नेपालको सार्वभांैमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सना योग्य भएको बताए ।
‘‘नेपाल भारत र चीन बिचको त्रिदेशिय विन्दु रहेको वास्तविक सत्य हो । नेपालको सार्वभौंमिकता माथि बलात हस्तक्षेप र थिचोमिचो गर्दै उक्त क्षेत्रमा भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमक कार्यनीति भएको ठहर छ । राज्य व्यवस्था तथा सुशासन समितिले भारत सरकारको यस कदम प्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ ।’
समितिले भारतलाई कालापानी र लिपुलेक लगायतका ठाउँबाट भारतीय सैनिक तत्काल फिर्ता गर्न पनि आग्रह गरेको छ । सार्वभौंमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न गर्दै समितिले नेपालको भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको विषयमा त्रिपक्षिय संवादका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।
‘लिम्पियाधुरादेखि कालापानी लिपुलेक लगायतका भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौंमिकता र अखण्डताको सम्मान गर्न त्यसप्रकारको अतिक्रमणकारी कदम त्याग्न छिमेकिसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न पञ्चशिलको सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई कार्यान्वयन गर्न समेत यो समिति आग्रह गर्दछ ।
यस सम्बन्धमा नेपाल सकरारले दुई पक्षिय र पिठौरागढबाट नेपालको कालापानी क्षेत्रको गुन्जि हुँदै चीन मानसरोवर जाने लिपुभञ्ज्याङ सम्मको सडक निर्माण गरेको विषयमा त्रिपक्षिय संबाद द्धारा तुरुन्तै र लगातार पहल गर्न निर्देशन गर्दछ । अन्यथा यो हुन सकेन भने अन्यथा भएका विषयवस्तुलाई अन्तर्राष्ट्रिय करण गर्न समेत सुझाव प्रदान गर्द छ’, सभापति श्रेष्ठले भने ।
बैठकमा सांसदहरुले समस्या समाधानको ठोस कदम चाल्न आग्रह गरेका छन् । सरकारका निकायहरुले सही प्रतिवेदन र सूचना नदिदा नै समस्या आउने गरेको भन्दै सांसदहरुले अनुसन्धान विभागप्रति समेत प्रश्न उठाएका छन् । सांसद जनार्दन शर्माले अनुसन्धान विभागले कालापानी र लिपुलेकको बारेमा कुन दिन कुन समयमा सरकारलाई कस्तो प्रतिवेदन दिएको छ उक्त विषयमा जानकारी समितिले लिनुपर्ने बताए ।
उनले भने ‘अनुसन्धान विभागले यो बारेमा कुन समयमा कुन मितिमा के कुरा लेखेर सरकारलाई रिपोर्ट दिएको छ त्यो रिपोर्ट यहाँ झिकाइयोस । सभापति ज्यू म यो माग गर्न चाहन्छु । र त्यसले आफ्नो जिम्मेवारी पुरा ग¥यो कि गरेन । जुन कुरा अनुसन्धान विभागले आफ्नो टेरोटोरी भित्र भएका कामबारबाही गतिविधिहरुको सूचना संकलन ग¥यो कि गरेन ।
कि नेताहरुको मात्रै जासुस गरेर हिंडने त्यसको काम हो ? यो प्रश्न म सोध्न चाहन्छु । नेताहरुको जासुसी गर्नचाहिं मान्छे खटाइएका छन् तर त्यसले आफ्नो सीमा भित्र हुने गतिविधिको कुरा गर्छ कि गर्दैन । त्यो कुरा कुन मितिमा कसरी दिइएको छ भन्ने कुरा यो समितिमा आउनुपर्छ सभापति ज्यू ।’
शर्माले सरकारले काम गर्न नसके नेपाली जनताले फेरी युद्ध गर्नुपर्ने अवस्था आउने बताए । उनले भने ‘नेपाली जनताले फेरी पश्चिम किल्ला काकडा सम्झिनु नपरोस, स्मरण गर्न नपरोस फेरी नालापानीको युद्ध नेपाली जनताले सम्झन नपरोस त्यसकारणले हामीले हाम्रो भूभागको रक्षा गर्ने अधिकार हामीलाई छ हामीले गर्न पाउनुपर्छ ।’
सांसद लालबाबु पण्डितले भारतले वार्ता गर्न पनि इच्छा नदेखाएको र नेपाली भूमिमा सडक समेत बनाइसकेकाले अव यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुको बिकल्प नरहेको बताए । उनले भने ‘भारतले वार्ता गर्नपनि अनिच्छुक भइसकेको स्थितिमा र अहिले सडक पनि बनाएको स्थितिमा चीनसँग पनि कुरा गरी अब यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’ उहाँले सरकारले नेपालको भूभागको नक्सा तत्काल जारी गर्न समेत सरकारलाई आग्रह गरे ।
सांसद डिला संग्रौलाले यो समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा नगरेसम्म समाधान नुहने बताइन । उनले भनिन ‘यो कोरोनाको महामारीको फाइदा उठाएको होइन भारतले, यो हेपाहा प्रवृति हो कि होइन ?
त्यसकारणले यो फाइदा उठाएर जसरी सडकको उद्घाटन गरेको छ यो भूमिलाई फिर्ता लिनको लागि तत्काल यो मुलुकको प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीसँग वान टू वान वार्ता गर्नुपर्छ ।’ उनले गृहमन्त्री रामबहादुर थापालाई सिमाको सुरक्षा गर्नु पर्छ कि पर्दैन भन्दै प्रश्न समेत गरिन । उनले भनिन ‘गृहमन्त्री ज्यू सीमाको सुरक्षा गर्न प¥यो कि परेन ?
त्यहाँ तैनाथ भएका सेनालाई फिर्ता गर्ने आफ्नो सेना राख्ने सीमाको सुरक्षा गर्छु भन्नुभएको थियो त्यो पनि गर्नुप¥यो ।’ सांसद दिलेन्द्रप्रसाद बडुले सरकारलाई भारतले नेपालको भूमिमा सडक बनाएको विषयमा यसअघि नै ध्यानाकर्षण गराएपनि नसुनेको बताए ।