भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयले दियो लिपुलेकबारे कुटनीतिक नोट

भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयले दियो लिपुलेकबारे कुटनीतिक नोट

२९ बैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो । कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा र जानकारी बुझिन्छ ।

शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो ।

राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आफैंले मन्त्रालयमा कुरा गरेका थिए । भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो ।

भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको विरोध गर्दै सीमा समस्याको हल गर्न वार्ता गर्नु पर्ने बताएको छ । तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.