२९ वैशाख, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिएका छन् ।
कोरोनाको प्रभाव कति हुन्छ भन्ने पूर्वानुमान नभएकाले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी तत्काल काम अघि बढाउन बजेट ल्याउनु पर्ने उनले बताए । उनले भने, ‘‘अहिले मुख्य गरी किसान, मजदुर, श्रमिकहरु र निम्न आय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत लगानी हुनुपर्छ ।
यसमा सरकारको तयारी छ की छैन् ?ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश नम्बर २ का जनता र शहरका श्रमिकलाई स्मरण गर्नुप¥यो । अन्य गरिबलाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ ।’’ कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्यएमा भोली संकट उत्पन्न हुन सक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकारवाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरे ।
आगामी आर्थिक २०७७÷७८ कालागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न आग्रह गरे । ‘‘कोरोनाको प्रभावमा केन्द्रीत भएर समाधान गर्नुभन्द पनि सबै कुरा समेटिभएको छ ।
अर्थमन्त्रालयको दिमाग उदार र वित्तिय पूँजीबादले भरिएको छ । व्यवहारमा नोकरसाही र दलालपूँजीबाद हुर्किरहेको छ । तर सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइदै छ ।’’ स्वाधिन अर्थतन्त्र निर्माणका लागि हरेक पालिकालाई आत्मनिर्भर बनाउन आधारभूत कार्यक्रमसहित अगाडी बढ्नुपर्ने बेला आएको उनले बताए ।
कम्तिमा पनि कृषि क्षेत्रमा १० प्रतिशत लगानी गरी कृषिमा आत्मनिर्भर हुने अभियानतर्फ अगाडी बढ्नुपर्ने उनले बताए । किसानलाई पेन्सन दिने, मलविउ किसानसम्म पु¥याउने कुरा प्राथमिकता दिनुपर्ने र प्राविधिक सेवाविस्तार गर्दै सहुलियत ऋण किसानको हातहातमा किसानको बारी बारीमा पु¥याउनु पर्ने उनले बताए ।
ठूलो उद्योगपतिहरुले कृषिको नाममा ऋण लिएर अन्यत्र लगानी गरिरहेको अवस्थालाई रोक्न पनि किसानहरुको हातहातमा ऋण दिने व्यवस्था हुनुपर्ने उनले बताए । कृषिउपज राज्यले किन्ने सुनिश्चितता भएमात्रै कृषि क्षेत्रको विकास हुने र यसबाट आन्तरिक रोजगारी वृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।
रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि ऋम सहकारीको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने उनले बताए । उनले भने, ‘‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ?श्रमिकहरुलाई कसरी परिचालित गर्ने ? कमपूँजीले बढी उत्पादन कसरी गर्ने ?कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ?
यसकालागि श्रम सहकारी निर्माण गर्नुपर्छ । त्यो मार्फत भौतिकपूर्वाधार र उत्पादनका कुराहरु अगाडी बढाउनुपर्छ ।’’ रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारी मार्फत १० दिनमा १० बेडको अस्पताल निर्माण गरिएको प्रशंग उल्लेख गर्दै शर्माले भने, ‘‘१० दिनमा ७ सय ५३ स्थानीयतहमा ७ हजार ५ सय ३० बेडको अस्पताल निर्माण गर्न सकिन्छ ।
एक महिनामा एक वडामा १ किलोमिटर बाटो निर्माण ग¥यौँ भने एक वर्षमा १२ किलोमिटर नहर वा बाटो हामीले बनाउन सक्छौँ । यसरी ६ हजार ७ सय ४३ वटा वडामा १ किलोमिटरका दरले निर्माण गर्दा १२ महिनामा ८० हजार ९ सय १६ किलोमिटर बाटो नर्माण गर्न सक्छौँ । यो अहिलेको नेपालको कुल सडक भन्दा बढी हो ।’’
शर्माले साना उद्योग मार्फत उत्पादन र स्वरोगजार बढाउन सकिने अवस्था रहेको र यसकालागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरी श्रम सहकारीमा संगठित गर्न गर्नुपर्ने बताए ।