नेकपा स्थायी कमिटी बैठक भोली बिहान ११ बजे बस्ने

नेकपा स्थायी कमिटी बैठक भोली बिहान ११ बजे बस्ने

३० बैशाख, काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो । ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बताएका थिए ।

दाहाल-नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.