नेकपा सचिवालयमा नीति तथा कार्यक्रमको विषयमा छलफल

नेकपा सचिवालयमा नीति तथा कार्यक्रमको विषयमा छलफल

२ जेष्ठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि शुक्रबार बैठक बसेको थियो । बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यद्यपी के सुझाव दिए भन्ने उनले केही खुलाएनन् । सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ । यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुंगो लाग्ने उनले बताए ।

उनले भने ‘आजको सचिवालयको बैठकमा पार्टीका अध्यक्ष एवै सम्माननिय प्रधानमन्त्री ज्यूले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझावहरु छन भने अझैपनि दिन हुनको लागि सचिवालय बैठकलाई अनुरोध गर्नुभयो र त्यसका बारेमा केही विषयहरुमा महत्वपूर्ण सुझावहरु पनि सचिवालयको तर्फबाट दिने काम भएको छ । पार्टीको स्थायी कमिटी बैठकका बारेमा आज कुनै टुंगो भएको छैन् । नीति तथा कार्यक्रमपछि त्यसबारेमा नेतृत्वबीचमा र सचिवालयको बैठकमा छलफल होला ।’’

नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.