लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै

४ जेष्ठ, काठमाडौं । अहिले जारी रहेको लकडाउनको अवधि भोली सोमबारदेखि सकिदैंछ ।

जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् वैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्दैछ । बैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ ।

यसअघि उच्चस्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद् वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ। समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ।

आजै दिउँसो साढे २ बजे सिंहदरबारमा समन्वय समितिको बैठक पनि बस्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.