लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषद्मा लैजाने तयारी

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषद्मा लैजाने तयारी

४ जेष्ठ, काठमाडौं । सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७७र७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो ।

नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले बताएको छ ।

अहिले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकबाट नयाँ नक्सा जारी गर्ने कि नगर्ने भन्ने निर्णय आउनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.