नेपालमा जेष्ठ २० गतेसम्म लकडाउन

नेपालमा जेष्ठ २० गतेसम्म लकडाउन

५ जेष्ठ, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० गते सम्म लम्ब्याएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते मंगलबार मध्यरात सम्म पु¥याउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै थप १५ दिन लकडाउन लम्ब्याइएको बताएको हो । उनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिफारिस गरे अनुसार लकडाउन लम्ब्याउने निर्णय भएको बताए ।

लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजाने विषयमा समेत छलफल भइरहेको बताए । लकडाउनकै समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलापहरु र ढुवानीको क्रियाकलाप यथावत रहने बताए ।

निर्माणसँग सम्बन्धीत कुराहरु, ठूला आयोजना र साना आयोजना तथा सहरी क्षेत्रमा निर्माण भइराख्ने क्रियाकलापहरु यथावत नै रहने मन्त्री खतिवडाले बताए ।यस्तै आफ्नै गाउँमा क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई सुरक्षाका उपायहरु अपनाएर काममा जोडन सकिने विषयमा समेत छलफल भइरहको बताए ।

सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रोपटक एक साता थप गरी चैत २५ गते सम्म पु¥याएको थियो । त्यसलाई निरन्तरता दिदै तेस्रोपटक समय थप गरी वैशाख ३ गते सम्म लकडाउन लम्ब्याएको थियो । त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गते सम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गते सम्म र पछिल्लो पटक जेठ ५ गते सम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको थियो । तर कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सरकारले फेरी लकडाउनलाई कडाई गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.