अभिनेत्री मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

अभिनेत्री मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

जीना जङ्ग कार्की

७ जेठ, विराटनगर।
भारतले नेपाली भूमि अतिक्रमण गरेर वार्ताबाट टाढिएपछि नेपाल सरकारले जारी गरेको नेपालको नक्सालाई लिएर सर्वत्र खुसी छाईरहँदा केही भारतीय भने असन्तुष्ट देखिएका छन् । उनीहरुले नक्साको असन्तुष्टि भारतीय सिनेमाकी नेपाली अभिनत्री मनिषा कोइरालामाथि पोखेका छन् ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेख र कालापनीसहितको नयाँ नक्सा पारित गरेपछि मनिषा कोइरालाले परारास्ट्र मन्त्री प्रदिप ज्ञवालीको टुईटलाई समर्थान गर्दै लेखेकी छन् “ धन्यवाद हाम्रो सानो देशको गरिमा राखि दिएकोमा,आगामी दिनमा सौहाद्रपूर्ण वातावरणमा तिन छिमेकी मुलुकले वार्ता गर्ने आशा राखेकी छु “ जुन प्रतिक्रियालाई भारतीय मिडियाले लज्जापुर्ण संकेत दिदै भारतको खाएर चाइनाको गुनगान भनेका छन् ।

भारतीय मिडियाले यो सबैको पछाडी चाइनाको हात रहेको दाबी गरेका छन् । आफनो भूमिलाई आफनो नक्सामा सामेल गराउने निर्णय नेपाल सरकारले गर्नुलाई भारतीयहरुले मन नपराए कोइरालाको ट्वीटको प्रतिक्रियामा उनीहरुले दिएका छन् । भारतीयले भनेका छन–मनिषा कोइरालाले आफ्नो नाम भारत बाट कमाएकी हुनाले उनले आफुले काम गरेको देश भारतलाई समर्थन गर्नुपर्छ ।

पछिल्लो समय साना साना मुद्दालाई भारतीय मिडियाले भयकंर रुपमा अतिरन्जित बनाएर पेश गराउदै आएको छन् । उनीहरुले स्वाभिमानलाई कामसँग पेशासँग जोेडेका छन । भारतीयले विर्सिएका छन् कि मनिषा कोइरालाले भारतमा काम मात्रै गरकी हुन नकि देश र नागरिकता परिर्वतन । उनी नेपाली हुन, नेपालीकै रुपमा त्याहाँ गएर काम गरिन ।उनी आफनो आफनो मात्रृभूमि, आफनो स्वाभिमान अनि महत्वपुर्ण कुरा इतिहासले बताएको लेखिएको वास्तविकताविरुद्ध कसरी लाग्न सक्छिन ?

अहिले भारत र नेपाल सिमाना विवादमा पनि भारतीय मिडियाले खबरलाई सनसनीपूर्ण बनाइरहदा भारतीय मिडिया प्रति नेपालीले खेद प्रकट गरेका छन्। मनिषा कोइराला प्रतिको प्रतिक्रियालाई बिभिन्न सामाजिक संजाल अनि भारतीय मिडियाले अपलोड गरेको भिडियो प्रति आक्रोश व्यक्त गरेका छन्। एकतर्फी नेपाली मनीषाको हिम्मत अनि राष्ट्रिय चासोलाई नेपालीले सम्मानका साथ हेरेका छन् ।

मनिषा लामो समय हिन्दी सिनेमामा काम गरेकी एक सफल नेपाली अभिनेत्री हुन् । मनिषा ९० दशकी हिन्दी सिनेमाकी प्रख्यात हिरोइन मानिन्छिन् । पछिल्लो समय पनि उनी केही हिन्दी सिनेमामा देखिएकी छन् । तर भारतीयले नबिर्सिउन मनिषा नेपाली हुन र नेपालको नयाँ नक्सा तथ्यसहितको वास्तविकता हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.