१० जेष्ठ, काठमाण्डौ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन्।
शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उनलाई प्रदान गरेकी हुन्। त्यस अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए।
मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको स्पष्ट पारिन् । कार्यक्रममा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।