दलित युवा मारिएको घटनामा कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

दलित युवा मारिएको घटनामा कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

१३ जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन ।

उनले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको भन्दै अहिले पनि दलितमाथि गैहदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए । उनले भने “ मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको छ ।

५४ बर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानवमानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ ।

जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेबाहीमा परिणत गर्न गएको केही दलितमाथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्यपारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु । ”

उनले अपराधसंग सम्बन्धीत व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडीतलाई गरेको सहयोग बारे गृहमन्त्रीसंग जवाफ माग गरेका हुन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.