सुर्तीजन्य पदार्थ कोरोनाको बहाक : मन्त्री घिमिरे

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक : मन्त्री घिमिरे

१९ जेठ, विराटनगर ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताएका छन् । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए । थुक र छिटाको माध्यमबाट श्वासप्रश्वास मार्ग हुँदै एकआपसमा सर्ने देखिएकाले सुर्तीजन्य पदार्थ पूणर्रुपमा नियन्त्रण गर्ने काममा प्रदेश सरकार लागेको मन्त्री घिमिरेले बताए । विश्व धुम्रपान रहित दिवसको अवसरमा आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणको घोषणा गरेअनुसार काम भईरहेको उनले बताए । लकडाउनका कारण पुर्वनिर्धारित कार्यक्रम प्रभावित भएपनि अव निरन्तर अभियान सञ्चालन हुने मन्त्री घिमिरेले बताए । उनले कोरोनाको प्रभाव अगाडी प्रदेशको मुख्यमन्त्री कार्यालय सहित सवै मन्त्रालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थानहरुको एक सय मिटर भित्र सुर्तीजन्य पदार्थको प्रयोग र विक्रि वितरणमा रोक लगाईसकीएको उनले बताए । सुर्तीजन्य पदार्थलाई मनैदेखि त्याग्न उनले आग्रह पनि गरे ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले सुर्तीजन्य पदार्थले कोरोना भाईरस फैलाउन मद्दत गर्ने भएकाले यसको प्रयोग नगर्न आग्रह गरे । उनले धुँवाजन्य वस्तुले फोक्सोलाई असर गर्ने भएकाले स्वास्थ्यको कारणले पनि हानिकारक भएको बताए ।

प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन, २०६८ को पूणर्रुपमा पालना गराउने निणर्य गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्कोको गत माघ १३ गते प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने निणर्य गरिएको थियो । सोही निणर्य अनुसार सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षहरुसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन संवन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.