सोती घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने सभामुखको घोषणा

सोती घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने सभामुखको घोषणा

२३ जेष्ठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पश्चिम रुकुममा जेष्ठ १० गते ७ जनाको ज्यान जाने गरी भएको जातीय विभेदका घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठनको घोषणा गरेका हुन् ।

प्रतिपक्षी कांग्रेसले बारम्बार उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.