२८ जेष्ठ, काठमाडौं । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ ।
राष्ट्रिय युवा संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै कारबाहीको माग गरेको हो ।
नेतृ गिरीले संसद तथा विभिन्न सञ्चारमाध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो ।
राष्ट्रिय युवा संघले गैरजिम्मेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।