सांसद सरिता गिरीको घरमा कालो झण्डा

सांसद सरिता गिरीको घरमा कालो झण्डा

२९ जेठ, काठमाडौँ ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंको विशालनगरस्थित घरमा युवाहरुको एक समूहले कालो झण्डा राखेको छ । बुधबार साँझ झण्डा लिएर नाराबाजी गर्दै युवाहरूको समूहले कालो झण्डा राखेका हुन् ।

उनीहरुले ‘राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । सांसद गिरीको घरमा युवाहरुले राखेका कालोझण्डालाई प्रहरी पुगेर हटाएको जनाएको छ ।

सांसद गिरीको घरमा कालो झण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

सांसद गिरीले नेपालको निशाना छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्सा राख्न सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकप्रति असहमत हुँदै सदनमा सो निर्णयविरुद्ध एकल रुपमा प्रस्ताव दर्ता गरेकी छन् ।

त्यस लगत्तै सांसद गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई उक्त प्रस्ताव फिर्ता लिन र फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.