संविधान संशोधन गर्ने बैठकमा को-को थिए अनुपस्थित ?

संविधान संशोधन गर्ने बैठकमा को-को थिए अनुपस्थित ?

३१ जेठ, काठमाडौँ ।
प्रतिनिधिसभाको शनिबारको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ । अब भारतले अतिक्रमण गरेका लिपु लेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा अङ्कित निशान छाप संविधानमा समावेश भएको छ ।

तर प्रतिनिधि सभाको संविधान संशोधन गर्ने शनिबार बैठकमा विभिन्न सांसदहरु अनुपस्थित भएका छन । शनिबारको बैठकमा अनुपस्थित हुने सांसदहरु अमृता देवी अग्रहरी, गोपालबहादुर बम , दुलारी देवीखत्वेनी , धनबहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल रहेका छन् ।

 यस्तै बैठकमा सांसदहरु हरिनारायण रौनियार, रेशमचौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजयकुमार गच्छदार निलम्बित छन् ।सरिता गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.