संसदमा रोचक शैलीमा देखिए राजेन्द्र महतो,मधेसीको राष्ट्रवादप्रति शंका नगर्न आग्रह

संसदमा रोचक शैलीमा देखिए राजेन्द्र महतो,मधेसीको राष्ट्रवादप्रति शंका नगर्न आग्रह

३२ जेठ, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै उनले अनुहार हेरेर राष्ट्र्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् ।

प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सिमाको रक्षा गर्दे आएको उल्लेख गर्दे उनले आफुहरुमाथि शंकाको दृष्टिले नहेर्न आग्रह गरे । उनले भने-“हाम्रो बारेमा त अनुहार हेर्ने वित्तिकै यो त मधेसी , यो त विदेशी नै होला । यो त भारतीय नै होला भन्ने कुण्ठाबाट भरिएका नश्लिय चिन्तन बोकेकाहरु । आज बाट त्यो हटाईदिउँ । प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सिमाको रक्षा गरेको छ । तपाईले विभेद र अन्याय गरे पनि विभिन्न प्रकारले पीडा पुर्याए पनि आफ्नो सिमाको रक्षाका लागि लडेको छ । मरेको छ । ”

राष्ट्रवादको सवालमा मधेसी जनतालाई पटक पटक अग्नि परीक्षा लिने गरिएको भन्दै उनले आफुहरुको राष्ट्रवादप्रति औलो उठाउने काम नगर्न पनि सचेत गराए । उनले भने-“यो खोक्रो राष्ट्रवादी कुरा होइन । यो राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्छ नेपाली जनताको बीचमा । को को राष्ट्रघाती हो ? को को राष्ट्रवादी हो ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? यो देशको मधेसी जनतालाई त्यसरी औला ठड्याउने काम कसैले नगरोस् । राष्ट्रवादको मामलामा कतिचोटी अग्निपरीक्षा दिने हो ? कति चोटी प्रमाण दिने हो ? यस्तो अग्नि परीक्षा नलिनुहोस् । सम्पुणर् नेपाली जनतालाई यो रोष्टमबाट भन्न चाहन्छु । यस्तो अग्नि परीक्षा नलिनुहोस् । त्यो मधेसी जनता प्रति अन्याय नगर्नुहोस् । यो देशको आदीवासी, थारु र दलितमाथि अन्याय नगर्नुहोस् । ”

उनले राष्ट्रघाती र राष्ट्रवादीबारे स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। महाकाली सन्धि गर्दा गल्ति भएको भन्दै उहाँले त्यसको पहिचान गरी कारवाही गर्न माग गरे ।उनले भने “एउटा कुरा देशवासी जान्न चाहन्छ ल । अब फेरी यो देशमा राष्ट्रघाती हुने हो कि ? यो राष्टघाती को को हो यो देशमा पहिचान गर्नुपर्यो । देश बेचुवाहरु को हो हो ? देश बेचुवाहरुको खोजी हुनुपरयो । नेपाली जनताले त्यो पनि खोजिरहेको छ । कालापानी, लिपुलेक , लिम्पियाधुरा सहितको नेपालको नक्सा त थियो ५८ बर्ष पहिले । कुन देश बेचुवाले बेच्यो ? स्वेत पत्र खै जारी गरेको ? स्वेतपत्र जारी गर्नुपर्दैन ? टुँडीखेलमा राष्ट्रघातीलाई झुण््याउनु पर्दैन ? ढाकछोप गर्ने ? २५ बर्ष अघि महाकाली सन्धि भएको थियो र यही संसदबाट पारित गराईएको थियो । त्यो महाकाली सन्धि कसरी भयो ? त्यसमै थियो नि कालापानी सन्धिमा लिपुलेक महाकाली र लिम्पियाधुराको । महाकालीको स्रोत , त्यो नदीको मुहान कता ? त्यो स्पष्ट भएको भए हाम्रो जमिन मिचिन्थ्यो र ? किन भएन ? यो संसदबाट पारित गराईएको थियो । कस्ले पारित गरायो ? कस्ले सम्झौता गर्यो ? म त सांसद थिईन । मैले त सुनेको छु । पार्टी पनि फोरेर पारित गराईयो । कस्तो राष्टवादी काम गर्या हो ? महाकालीलाई संसदबाट पास गराउँदा महाकालीको मुहानलाई पत्तो नलगाउने ? त्यसलाई संसदबाट पारित गराउने ? त्यसैले राष्ट्रघातीको पहिचान हुनुपर्छ । ”

नेपालको भूमि फिर्ता गर्ने सम्बन्धी संशोधन प्रस्तावमाथिको छलफल भएकाले संसदको बैठक अति नै महत्वपुणर् भएको भन्दै उनले भूमिलाई मात्रै नभई जनताको भावनालाई पनि राष्ट्रियताको रुपमा बुझिदिन आग्रह गरे । जनताको भावना, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतासंग जोडिएको सवाल भएकाले संविधानप्रति असन्तुष्ठी भएपनि आफुहरुले संशोधन विधेयकमा पुणर् समर्थन गरेको स्पष्ट पारे । उनले भने “थोरै असन्तुष्ठी छ । संविधान प्रति सबैको अधिकार र पहिचानप्रति असन्ुतष्ठी भएपनि देशको सवाल, राष्ट्रियताको सवाल, भूमिको सवाल उठेकाले सबै असन्तुष्टीलाई थाती राखी राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।”

भूमि मात्रै नभई जनता पनि राष्ट्रियता भएकाले जनताको सवालको पनि सम्बोधन गर्न आफुहरुले भने पनि सरकारले माग सम्बोधन गरेको स्मरण गर्दै उनले प्रश्न गरे- “औचित्य र आवश्यकता कहिले हुने हो ?” उनले भने “कागजमा कोरेर नेपाली जनताले पाउदैन । जमिन चाहियो के । जग्गा चाहियो नेपाली जनतालाई । भूमि चाहियो । लोडसेडिङ जस्तो बत्ति आएर गए जस्तो नक्साबाट उडाईदिने ? अनि कुर्सी बचाउन राख्या हो कि ? त्यो पनि मान्छेले भन्छ । के हो के हो ? त्यसैले जमिन फिर्ता ल्याईदिनुपर्यो प्रधानमन्त्री जी । सरकारले वार्ता गरेर । नेपाल भारतको सम्बन्ध सिंहदरबार र दिल्ली दरबाररले बनाएको होइन याद गर्नुहोला । प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीले बनाएको सम्बन्ध होइन । दुई देशका जनताको बीच हजारौ बर्ष देखि बनेको सम्बन्धको कडी हो । वार्ताबाट समस्या समाधान गर्नुहोस् संसदमा उल्टा पुल्टा कुरा गरेर माहोल नविगार्नु । ”

कोरोनामा जनताको जीवन रक्षा नगर्ने सरकारले हाम्रो भूमिको रक्षा गर्दिन्छ ? भनी जनताले भनिरहेको भन्दै उनले जनताको जीवन रक्षा संगै भूमिको पनि रक्षा गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए । नेपालको भूमि फिर्ता गर्ने सम्बन्धी संशोधन प्रस्तावमाथिको छलफल भएकाले संसदको बैठक अति नै महत्वपुणर् भएको भन्दै उहाँले भूमिलाई मात्रै नभई जनताको भावनालाई पनि राष्ट्रियताको रुपमा बुझिदिन आग्रह गरे । जनताको भावना, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतासंग जोडिएको सवाल भएकाले संविधानप्रति असन्तुष्ठी भएपनि आफुहरुले संशोधन विधेयकमा पुणर् समर्थन गरेको स्पष्ट पारे । भूमि मात्रै नभई जनता पनि राष्ट्रियता भएकाले जनताको सवालको पनि सम्बोधन गर्न आफुहरुले भने पनि सरकारले माग सम्बोधन गरेको स्मरण गर्दै उनले प्रश्न गरे-“औचित्य र आवश्यकता कहिले हुने हो ?”उनले भने “थोरै असन्तुष्ठी छ । संविधान प्रति सबैको अधिकार र पहिचानप्रति असन्ुतष्ठी भएपनि देशको सवाल, राष्ट्रियताको सवाल, भूमिको सवाल उठेकाले सबै असन्तुष्ठीलाई थाती राखी राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.