एमसिसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

एमसिसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

३२ जेष्ठ, काठमाडौं । आज दिउँसो ४ बजे नेकपा सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो ४ बजे बस्ने बैठकमा एमसिसीबारे छलफल गरिने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ। नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो।

परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन् । सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.