संक्रमण बढेपछि डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

संक्रमण बढेपछि डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

६ असार, डडेल्धुरा ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।

शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए।

उनले भने, समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन्। हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ। सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए।

डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धेरै संक्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.