६ असार, धनगढी ।
कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा घोडाघोडीका २० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु १० दिन अघि नै क्वारेन्टिनबाट घर फर्किसकेका छन् ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा पनि ११ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए । उनीहरु पनि क्वारेन्टिनबाट ११ दिन अघि नै घर गैसकेका छन् ।
आज ११ जना नयाँ संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । नगरपालिकाले आइसोलेसनमा रहेका ७० जनाको स्वाव संकलन गरी एक साता अघि नै घर पठाएको थियो ।