धेरै सरिताहरुलाई नागरिकता दिएर मन्त्री बनाउन सकिदैनः रामनारायण बिडारी

धेरै सरिताहरुलाई नागरिकता दिएर मन्त्री बनाउन सकिदैनः रामनारायण बिडारी

९ असार, काठमाडौं ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताए । ‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग मात्रै होइन् क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ ।

अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’’, कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उनले भने, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या ग¥यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् ।

उहाँचाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’ बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गरेका छन् । सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई कुन देशको झोले हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदी कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ?तपाईले कता पट्टि बोल्नु भयो भने के भन्ने ?’’ भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उनले प्रष्ट पारे ।

विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताए । उनले भने, ‘‘भारतीय नागरिकलाई मात्रै लागु हुने गरी सदनले ऐन बनाएको हो ?यहि हो उहाँको कुरा ? संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्छन्, त्यो छुट छ । कसैलाई रोकतोक छैन् ।

त्यसकारणले यो भारतीलाई नागरिकलाई लागु हुने कुरा होइन् । विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन् । विश्वका सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो की कसैलाई ?’’ विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षीदलहरुले गरेको विरोधको पनि उनले खण्डन गरेका छन् ।

विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या?भन्दै उनले प्रश्न गरे । सरकारले वास्तकविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको बताए । ‘‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफाट नेता बनाएर मन्त्री बनाएर हिड्ने ?

अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन् । ती त मन्त्री हुन आएका मन्छे हुन्छन् मधेशको हित गर्दैनन् । यताउती चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन् । ’’

विदेशी बुहारीसँग कि डराएको भन्दै नारा लगाउनले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन भन्दै प्रश्न गर्नुभयो । छोरी ज्वाईलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? उनले प्रश्न गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.