महिन्द्र यादवको चेतावनी नागकिता विधेयक नसच्चिए आन्दोलन

महिन्द्र यादवको चेतावनी नागकिता विधेयक नसच्चिए आन्दोलन

९ असार, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन् ।

मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् । २०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रावधान राखिएपनि अहिले सरकारले सहमति उलंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद महिन्द्र राय यादवले बताए ।

उनले भने, ‘‘भारतसँग विशेष सम्बन्ध छ । रोटी बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भिरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ । भएन भने सडक देखि सदनसम्म आन्दोलनमा जाउ भन्न खोजेको हो ? नेपाल भारतसँगको सहमति तोड्न चाहान्छ ।

मधेशसँगको सम्बन्ध तोड्न चाहान्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’’ समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताए । भारतीय चेलीहरुका कारण कुन चाही दुर्घटना घटेर संसदीय समितिले यस्तो निर्णय ग¥यो भन्दै उनले प्रश्न गरे ।

सरकारले मधेशी जनतालाई तार्गेट गरेर मधेशको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महशुस गराएको उनले बताए । निर्णय मधेश विरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.