११ असार, काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।
चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार चितवन घर भएका उनको केही महिना अगाडिमात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनमा कोरोना संक्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो ।