बालुवाटारमा जारी नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

बालुवाटारमा जारी नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

१२ असार, काठमाडौँ । बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

शुक्रबार बिहान साढे ११बजेदेखि सुरु भएको दोस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित नभएको एक नेताले जानकारी दिएका छन् । बैठक पुष्पकमल दाहालको अध्यक्षतामा सञ्चालन भएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले आ-आफ्ना धारणा राखेका थिए ।
दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको छ ।

बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।

तर, प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने सरकारका अन्य काममा व्यस्त भएका कारण प्रधानमन्त्री बैठकमा उपस्थित हुन नसकेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.