केहीबेर बैठकमा सहभागी भएर बाहिरिए ओली

केहीबेर बैठकमा सहभागी भएर बाहिरिए ओली

१३ असार, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक शनिबार पनि जारी छ ।

बिहान ११ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो । शुक्रबारको बैठकमा अनुपस्थित प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा पनि केहीबेर सहभागी भएर बाहिरिएका छन् ।

स्वास्थ्यमा समस्या भएका कारण ओलीले पूरा समय बैठकमा बस्न नसकेको अर्का अध्यक्ष पुष्पकमल दाहालले समिति सदस्यहरुलाई जानकारी गराएका थिए । शुक्रबारको बैठकमा ओली सहभागी नभएपछि नेताहरुले उनको आलोचना गरेका थिए।

आजको बैठकमा पनि सीमा विवादबारे समिति सदस्यहरुले धारणा राख्ने कार्यतालिका छ । त्यसपछि कोरोना महामारी रोकथामबारे भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.