खुमलटारमा अध्यक्ष दाहाल र ओली निकट नेताहरुबीच छलफल

खुमलटारमा अध्यक्ष दाहाल र ओली निकट नेताहरुबीच छलफल

१८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् ।

बिहीबार विहान आफ्नै निवास खुमलटारमा अध्यक्ष दाहालले नेताहरुसँग छलफल गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरु परामर्शमा जुटेका हुन् ।

मंगलबार र बुधबारको स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा आएको हो । बुधबार विहान ओलीले मन्त्रीमण्डलका केही सदस्य र आफ्नो पक्षका नेताहरुसँग छलफल गरेपछि साँझ अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरुको समेत छुट्टै बैठक बसेको थियो ।

दाहालले आफ्नो निवासमा स्थायी समिति सदस्यहरुलाई आज विहान छलफलका लागि बोलाएपछि ओली पक्षका नेताहरु समेत सहभागि भएका थिए ।

छलफलमा सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु रघुविर महासेठ, वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, पम्फा भूसाल लगायतको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.