बिहिबार सुनको भाउ ७ सयले घट्यो

बिहिबार सुनको भाउ ७ सयले घट्यो

१८ असार, काठमाडौं । सुनको भाउ बिहिबार एकैदिन ७ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । आज फेरि घटेर ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो । त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.