१८ असार, काठमाडौं । एकसातादेखि आमरन अनसनरत सामाजिक अभियन्ता ई लाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली धुम्बाराहीस्थित ह्याम्स हस्पिटल पुगेका छन् ।
ललितपुरको पान दरवारमा अभियन्ता ई सहितका युवाहरु सरकारका भ्रष्टाचार र कोरोना उपचारमा देखिएको उदासीनताकाबिरुद्ध अनसन बसेका थिए ।
ओलीले अनसन तोड्न र वार्तामा बस्न आग्रह गरेको थिए । अस्पतालका अध्यक्ष आर एस भण्डारीका अनुसार प्रधानमन्त्री ओली करिव १५ मिनेट बसेका थिए । प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् । (रासस)