योगेश भट्टराईले भने–क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेकै हो

योगेश भट्टराईले भने–क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेकै हो

१९ असार, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको बताएका छन । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भएपनि क्वारेन्टिन व्यवस्थापनमा चुकेको उनले बताए ।

क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनले बताए । उनले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताए । नाका बन्द हुँदा पनि सहज ढंगले मानिसहरुको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको बताए । मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रबाट निर्वाध रुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताए । विश्वका अन्य मुलुकहरुको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उनले बताए ।

सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरु गरेपछि केही विरोधका लागि विरोध गरेको उनले बताए । नियतबस खोट लगाउनु बाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफुलाई नलागेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.