२१ असार, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको अनुगमन गरेका छन् ।
मोरङ क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका मन्त्री घिमिरेले सांसद विकास कोष र आफु मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित वजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको शनिबार अनुगमन गरेका हुन् ।
क्षेत्र नं. ४ (ख) अन्तरगत विराटनगरमा ८ का योजनाहरु आरके चिल्ड्रेन अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख, बलुवाही सामुदायिक भवनका लागि १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ ।

मन्त्री घिमिरेले सो योजनाहरुको अनुगमनका साथै विराटनगर ८ का जनताहरुसँग त्यहाँका समस्या बुझेका थिए । योजनाहरु निर्माण शुरु भएपछि स्थानीयबासीहरु खुशी भएका छन् ।