प्रधानमन्त्री र देउवाबीचको भेटको भित्री अर्थ के हो ?

प्रधानमन्त्री र देउवाबीचको भेटको भित्री अर्थ के हो ?

२१ असार, काठमाडौँ ।
नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहेपनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए । उनले भने– ‘‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने , प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रशंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गरेको र विधेयकहरुको विषयमा आफ्नो धारणा राखेको उनले बताए । उनले भने– ‘‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ । अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’’

आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाट लगायतका विषयमा छफफल भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.