चौँथो पटक पनि स्थगित भयो स्थायी कमिटिको बैठक

चौँथो पटक पनि स्थगित भयो स्थायी कमिटिको बैठक

२४ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ।

आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको छ ।

मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटि बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच पनि संवाद जारी राख्ने सहमति भएको बताइएको थियो । तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ ।

प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन्। पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएको नेताहरुले बताएका छन्।

समस्या समाधानका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ । मंगलबार पनि वार्ता गरेका ओली–प्रचण्डले बुधबार पनि छलफल गर्ने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.