भारतीय सञ्चारमाध्यमलाई नारायणकाजीले भने–अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर

भारतीय सञ्चारमाध्यमलाई नारायणकाजीले भने–अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर

२५ असार, काठमाडौँ ।
सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् ।

केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति लक्षित गर्दै अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो। बकवास बन्द गर । हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.