सिंहदरबारमा सिसीएमसी निर्देशक समितिको बैठक बस्दै

सिंहदरबारमा सिसीएमसी निर्देशक समितिको बैठक बस्दै

२६ असार, काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे अर्थात केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ ।

यसअघि छाउनीस्थित सीसीएमसी–अप्सको कार्यालयमा बैठक बस्ने गरेको थियो । तर, विरोध भएपछि मन्त्रीहरु रहेको निर्देशक समितिको बैठक सिंहदरबारमै राख्न थालिएको छ ।

समितिमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, सञ्चारमन्त्री युवराज खतिवडा लगायत छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.